भरुवा बन्दुकले आफैलाई निधारमा हानेर आत्महत्या

0
373

साउन १०, २०७७ उदयपुर :  भरुवा बन्दुकले आफैलाई निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन्। जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा ५ जाँतेका विद्याराज राई आफ्नै घरमा भरेर राखेको भरुवा बन्दुकले हानेर आत्महत्या गरेका वडाध्यक्ष केशर कुमार खड्काले जानकारी दिए।

शुक्रबार साँझ ७ : ३० उनले आत्महत्या गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलको मुचुल्का तयार पारी फर्किएको एसपी भीमबहादुर दाहालले जानकारी दिए। शव पोस्टमाटमको लागि जिल्ला गाईघाट ल्याइएको र पोस्टमाटन रिपोर्टपछि थप जानकारी आउने एसपी दाहालले बताए।

१ वर्षअघि राईकी श्रीमतीले विष सेवन गरी आत्महत्या गरेकी थिइन्। राईले मादक पदार्थ सेवन गरी आत्महत्या गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन।

SHARE