१६ लाखसहित अस्पतालका कर्मचारी अख्तियारको फन्दामा

0
613

साउन ९, २०७७ बााके : बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।
भेरी अस्पतालमा कम्प्युटर अपरेटर अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकमसहित बिहिबार पक्राउ परेका हुन्। स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनले विभिन्न फर्म तथा पसलेहरुबाट कमिशनबापत १० लाखभन्दा बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सूचनाका आधारमा खानतलाशी गर्दा उक्त रकम फेला पारी आवश्यक अनुसन्धानका लागि खनाललाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

SHARE