पहिरोले पुरिएर एकजनाको मृत्यु

0
560
फाइल फोटो

साउन ९, २०७७ धादिङ : थाक्रे गाउँपालिकामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। वडा नम्बर ६ रानीबारी कार्कीगाउँका ५४ वर्षीय सानुबाबु पन्तको मृत्यु भएको हो।
बिहीबार साँझदेखि परेको झरीले घरमाथि पहिरो खस्न थालेपछि सबैजना सुरक्षित ठाउँमा गएर बसेका थिए। सानुबाबुलाई भने गोठमा भएको भैंसी बाख्रा फुकाउन जाँदा शुक्रबार बिहान पहिरोले पुरेको स्थानीय हरि थापाले जानकारी दिए। धादिङमा केही दिनयता पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

SHARE