आज फेरि सुन पाँच सयले बढेर नयाँ रेकर्ड बनाएको छ।

0
337

साउन ८, २०७७ काठमाडौं :

सुनको भाउ फेरि बढेको छ। हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनाएको छ। योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

SHARE