गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

0
348

साउन ८, २०७७ कास्की : गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
पछिल्लो पटक भेटिएका संक्रमितमा पर्वतका दुई जना कास्कीका दुई जना र स्याङ्जाका एक जना छन्। प्रदेश प्रयोगशालामा हिजो आएका नमुना मध्ये सबैको परीक्षण गरिएको प्रदेश निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय ५० जना कोरोना संक्रमित मध्ये१ हजार ९१ जना निको भइसकेका छन्।

SHARE