नेपालमा कोरोका कारण थप एक जनाको मृत्यु, संख्या ४३ पुग्यो

0
281

साउन ८, २०७७ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ यो संगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ। वीरगंज महानगरपालिकाका बासिन्दा रहेका उनी निमोनियाबाट ग्रसित थिए।
वीरगंजस्थित एडभान्स हस्पिटलमा उपचारत बिरामीलाई गत मंगलबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो। नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा मृत्यु भएका वीरगंज–६ माइस्थानका ७० वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए।

SHARE