विश्वभर एक करोड ५० लाख भन्दा बढी कोरोना संक्रमित

0
369

साउन ८, २०७७ काठमाडौं : विश्वभर एक करोड ५० लाख भन्दा धेरै कोरोना संक्रमित पुगेका छन्। हालसम्म विश्वमा १ करोड ५३ लाख ६४ हजार ९ सय ३४ संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै हालसम्म कोरोनाका कारण ६ लाख २९ हजार ३ सय भन्दा बढीको ज्यान गएको छ। हालसम्म विश्वभरबाट ९३ लाख ५३ हजार भन्दा धेरै निको भइसकेका छन्। पछिल्ले पटक भारतमा ११ सय २० जनाको मृत्यु भएको छ। अमेरिकामा १२ सय ७ तथा ब्रजिलमा १२ सय ९३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ९ सय १५ जनाको मृत्यु हुँदा दक्षिण अफ्रिकामा ५७२ जनाको मृत्यु भएको छ।

विभिन्न देशमा पछिल्लो २४ घण्टामा मात्रै ७ हजार १०७ जनाको मृत्यु भएको छ। एकै दिन विश्वभर २ लाख ७८ हजार संक्रमित थप भएका छन्।
अमेरिकामा सबैभन्दा धेरै ७१ हजार, ब्रजिलमा ६५ हजार तथा भारतमा ४५ हजार ५९९ जना संक्रमित थप भएका छन्। दक्षिण अफ्रिकामा १३ हजार, रसियामा ५ हजार ८ सय, मेक्सिकोमा झण्डै ७ हजार तथा कोलम्बियामा ७ हजार ३ सय संक्रमित थप भएका छन्

SHARE