सुन तोलामा १३ सयले बढ्यो

0
394

साउन ७, २०७७ काठमाडौं : सुन तोलामा १३ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९४ हजारमा कारोबार भइरहेको जनाएको छ।

मंगलबार ९२ हजार ७ सय कारोबार भएको थियो। तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदी तोलामा १ हजार १ सय ३५ मा कारोबार भइरहेको छ। हिजो तोलामा १ हजार ४० भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र कोभिड( १९ को प्रभाव परेको ले पनि नेपालमा सुनको मुल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए।

SHARE