बुढाको निधनले मर्माहत : प्रचण्ड

0
360
फाइल फोटो

साउन ७, २०७७ काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनमा आफू मर्माहत भएको बताएका छन्।
बुढाको निधनमा श्रद्धाञ्जली दिँदै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ।
सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो।’ बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको अध्यक्ष प्रचण्डको भनाइ छ।
त्यस्तै नवलपरासीका कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महत्तोको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेता बुढाका आज बिहान ललितपुरमा ९० वर्षको निधन भएको थियो भने महतोको ६८ वर्षको उमेरमा आजै क्यान्सर रोगबाट निधन भएको छ।

SHARE