आजदेखि त्रिवि मातहतका सबै क्याम्पस खुल्ने

0
541

साउन ७, २०७७ काठमाडौं : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन्।
नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ।
सरकारले कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ।
यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्राध्यापाक पेशल दाहालले जानकारी दिए।
स्थगित परीक्षा दशै अघि नै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ।

SHARE