टोखा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

0
462

साउन ६, २०७७ काठमाडौं : टोखा नगरपालिकाका पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ।
टोखा १ डाँडामा आएको पहिरोमा ती दुई बालबालिकाको ज्यान गएको हो। मंगलबार साँझ खाना खाने समयमा गएको पहिरोमा उनीहरु परेका थिए। जसमा ३र३ वर्षका सचिन राना र सन्ध्या रानाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।
पहिरोमा पुरिएका ती बालबालिका जुम्ल्याहा रहेका प्रहरीले जनाएको छ।

SHARE