साउन ६, २०७७ काठमाडौं : देशभर कोरोनाका १ सय ५० नयाँ बिरामी थपिएका छन्।
देशभरका २७ प्रयोगशालामा देशभर ३९६३ जनाको पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
देशभर मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन्।