गण्डकी प्रदेशमा आज ९ जना कोरोना संक्रमित थपिए

0
330

साउन ६, २०७७ कास्की : गण्डकी प्रदेशमा मंगलबार ९ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ। योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय २९ पुगेको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको स्वाब परीक्षणमा म्याग्दीका ३ जना, बागलुङका ३ जना र स्याङजाका ३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
उनीहरु सबै जना पुरुष हुन्। संक्रमितहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २३ र २४ वर्ष उमेरका २ जना र बेनी नगरपालिकाका ३२ वर्षका १ जना, बागलुङको ताराखोला गाउँपालिकाका ४३, २५ र २५ वर्ष उमेरका ३ जना तथा स्याङ्जाको फेदीखोला गाउँपालिकाका ३१, ५५ र ५८ बर्षका ३ जना रहेका छन्।

SHARE