स्नातक तथा स्नातकोत्तरको परीक्षा असोजभित्र सञ्चालन गर्ने त्रिविको निर्णय

0
448
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

साउन ६, २०७७ काठमाडौं :  लकडाउनका कारण त्रिभुवन विश्वविद्यालय त्रिविको सबै परीक्षा अहिले सम्म स्थगित छन्।
विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खुलेपछि स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने त्रिविले निर्णय गरेको छ। तर, पनि अझै कोरोना महामारी हटेको छैन। छोटो दूरीको यातायात सञ्चालन भएपछि झनै कोरोना संक्रमण बढ्ने विज्ञहरुले बताउँदै आएका छन।
अर्को तर्फ लकडाउनले कतिपय विद्यार्थी घरमै रोकिएका छन। त्यसो त त्रिवि नै कुन महिनाबाट परीक्षा थाल्ने भनेर अलमल छ। कुन महिनाबाट परीक्षा सञ्चालन गर्ने भन्ने निश्चित समय नतोकिँदा विद्यार्थीहरु अहिले अन्योल र चिन्तित छन।
कतिपय विद्यार्थीले त त्रिविले बेला–बेला विभिन्न निर्णय गरेर अल्मल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा निर्देशिका अनुसार आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकल्पिक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने भएकाले दशै अगाडी सम्ममा परीक्षा गराउन सकिने सम्भावना रहेको बताउँछन्।

SHARE