नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

0
852

साउन ५, २०७७ काठमाडौं  :  नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले त्यो नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका महानिर्देशक सरजु कुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका थिए। त्यस क्रममा वैद्यले ९ साउनपछि मात्रै क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे।
उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए।
यो मात्र अझै बढेर २ सय मिलि लिटर पानी पर्ने सम्भावना छ।
न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्व पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए।

SHARE