देउवाद्धारा महिला विभागमा ३८ जना मनोनित

0
545
फाइल फोटो

साउन ५, २०७७ काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा सदस्यहरू मनोनित गरेका छन्।
पार्टी महाधिवेशन भएको ६ महिनाभित्र विस्तार गरिसक्नुपर्ने विभागमा आज सोमबार कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा २५ को ९ बमोजिम महिला विभागमा सदस्यहरु मनोनीत गरेका हुन्।
यस अघि देउवाले मनोनीत गरेर अरु पदहरू खाली राखेका थिए। पार्टी केन्द्रीय सदस्यसमेत रहेकी ईश्वरी न्यौपानेलाई देउवाले यस अघि नै मनोनीत गरेका थिए। कांग्रेसको महाधिवेशन हुन अब ७ महिना मात्र बाँकी छ।

SHARE