कालीगण्डकी करिडोरमा पहिरो , एक हप्तादेखि सडक अबरुद्ध (फोटो)

0
891

साउन ५,२०७७ गुल्मी : कालीगण्डकी करिडोरको हर्मिचौर अर्बेनी सडकखण्डमा पहिरोका कारण एक हप्तादेखि सडक अबरुद्ध भएको छ ।
सो सडक खण्ड अबरुद्ध हुँदा कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म आवात जावत गर्न नपाएको र दैनिक काममा समेत समस्या भएको स्थानीय हरुले बताउँदै आएका छन् ।
करिडोरको सडक एक हप्ता सम्म अबरुद्ध हुँदा कसैले वास्था नगरेको र पहिरो पन्छाउनमा सम्बन्धित निकायले चेस्टा नदिएको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीका नारायणहरी न्यौपानेले दुखेसो पोखे ।
हर्मिचौर अर्बेनी सडक खण्डमा बिच बिचमा ठुलो पहिरो खसेको कारण पहिरो पन्छाउनका लागि समय लागेको कालीगण्डकी करिडोर पाल्पाका योजना प्रमुख नरेन्द्र सुबेदीले जानकारी दिए । पहिरो पन्छाउनका लागि डोजर प्रयोग भइरहेको र सानो डोजरले पहिरो पन्छाउनका लागि नसकेकाले ठुलो डोजर पठाइएको सुबेदीले जानकारी दिए । जति सक्दो छिटो पहिरो पन्छाउन कार्यलय लागि परेको उनको दाबी छ ।
सो सडकमा ठुला ठुला ढुंगाहरु खसेको र ब्रेकर लगाएर फुटाउन पर्ने भएकाले ठुलो डोजर पठाइएको कार्यलयले जनाएको छ ।
नेपाली सेनाले निर्माण गरेको रुद्धबेनी देखि अर्बेनी सम्मको सडक कालीगण्डकी करिडोर पाल्पालाई हस्तान्तरण गरिसकेको हो ।

SHARE