नारायणगढ मुग्लिङ सडकमा पहिरो , सवारी आवागमन ठप्प

0
430
फाइल फोटो

साउन ५, २०७७ चितवन :  चारकिलो नजिकै पहिरो खसेपछि नारायणगढ–मुग्लिङ सडकखण्डमा सोमबार बिहानैदेखि सवारी आवागमन रोकिएको छ।
दुईवटा विद्युतका पोलसहित बिहान ५ बजेतिर निकै ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अहिले पनि स्थानमा पहिरो खसिरहेको र पन्छाउन समय लाग्ने भएकाले सवारीसाधनलाई एकतर्फी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ।
दुई दिनदेखि लगातार वर्षा भएका कारण यस क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ। इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ।

SHARE