गोकुल बाँस्कोटा र भगवान् भण्डारीको दोहोरी

0
825

साउन ४, २०७७ काठमाडौं : पूर्व सूचना तथा सञ्चारमन्त्री तथा सांसद गोकुल बास्कोटा र कलाकार भगवान भण्डारी बिच दोहोरी चलेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद सतहमा देखिएपछि बाँस्कोटाले लोक दोहोरी गायक भगवान भण्डारीको सम्झना गर्दै नेकपा भण्डारीको गीत जस्तै भएको उल्लेख गरेका छन्। भण्डारीको गीतलाई उल्लेख गर्दै लेखेका छन्, तिमी धरान म भएँ चितवन ……..वनमा काँडा छ तर बिरानो नसम्झ माया गाढा छ।
भण्डारीले पनी बास्कोटालाई आफू अमेरिकातिर रहेको भन्दै व्यङ्ग्य कसे।
म यतै औरिकातिर छु गोकुलजी, के गर्ने दोहोरीमा तपाईंहरूलाई जित्न सकिएन क्यारे। बेला बेलामा फेसबुक पोष्टमा सम्झिरहेको हुन्छु हेर्दै गर्नुहोला उनले व्यङ्ग्य गर्दै लेखे हुन त तपाईंलाई नसम्झने नेपाली को होला र मलाई र मेरो गीतलाई सम्झिनुभएको मा धेरै धेरै धन्यवाद। थाहाखबरको सहयोगमा

SHARE