आइतबार देशभर १५६ संक्रमित थपिए

0
285

साउन ४, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभर २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ५८ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ६ सय ९५ रहेको छ।

SHARE