नेकपा स्थायी कमिटी बैठक स्थगित

0
329

साउन ४, २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक २५ दिनको बीचमा सात पटक स्थगित भएको छ।
शक्ति संघर्ष चर्किएपछि नेताहरु बीच सहमतिको बहानामा बैठक पटक पटक स्थगित भएको हो। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक एक महिना पुग्‍न लाग्दा पनि टुंगोमा पुगेको छैन।
यसबीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दर्जनभन्दा धेरै पटक संवाद भइसकेको छ। तर अझै पनि निकास निस्किने कुनै छाँट छैन।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक साउन ४ गतेसम्म आउँदा ७ पटक स्थगित भइसक्यो तर विवादले निकास पाउने अझै छाँट देखिएको छैन। दुई अध्यक्ष र वरिष्ठ नेता नेपाल बीच पद लेनदेनको अडानमा रहँदा विवादले अझै पनि पूरै निकास पाएको छैन।

SHARE