नेकपा स्थायी कमिटी बैठक आज

0
329

साउन ४, २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ। पटकपटक स्थगित हुँदै आएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भएको हो।
गत असार १० गते सुरु भएको बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा बनाइएको भए पनि सुरुमै प्रधानमन्त्रीको राजीनामा माग हुँदा पार्टीमा विवाद उत्पन्न भएको थियो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग गरेका थिए। ओली कुनै पनि हालतमा राजीनामा नदिने अडानमा रहेपछि पार्टीभित्र लामै समयसम्म विवाद चलेको थियो। विवाद समाधानका लागि पटकपटक दुई अध्यक्षबीच छलफल हुँदै आएकोमा हिजो सचिवालय बैठक बसेको थियो।
सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेकपामा जारी विवाद केही हदसम्मका लागि टरेको छ।

SHARE