साउन ३, २०७७ काठमाडौं : केही समयअघि सम्म देशको सबै जिल्लामा पुगेको कोरोना भाइरस बिस्तारै कम हुँर्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशका ७ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन्।
ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। यस्तै, केही समय अगाडी कोरोनाको इपिसेन्टर मानिएको रौतहट र कैलाली, बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।