भारतद्धारा मिचिएको भूमि फिर्ता गराएरै छाड्छौ : मन्त्री ज्ञवाली

0
468
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालललाई पीसीआर मेसिन हस्तान्तरण गर्दै गर्दाको तस्बिर : तिलाचन पाण्डे गुल्मी

साउन ३,२०७७ गुल्मी :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले मिचेको भूमि एक इन्च पनि नछाड्ने बताएका छन् ।
मन्त्री ज्ञवालीले शनिबार  हिमालय एयरलाइन्सले दिएको  पीसीआर मेसिन गुल्मीको रेसुङगा नगरपालिकालाई  हस्तान्तरण गर्दै भारतद्धारा मिचिएको नेपाली भूमिलाई फिर्ता ल्याएरै छाड्ने दाबी गरे ।
भारतले एकतर्फी रुपमा नेपालको भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेको र कुटनीतिक तबरबाट सीमा बिबादलाई हल गर्नका लागि पहल गर्दा समेत भारतले गम्भीरताका साथ नलिएको उनले बताए ।
पुर्खाहरुले लडेर बचाएको नेपाली भूमिलाई फिर्ता ल्याएरै छाड्ने उनको दाबी छ । कुनै देशको एक इन्च भूमि पनि नेपालले नलिने र आफनो एक इन्च भूमि पनि नछाड्ने उनले दाबी गरे ।
पछिल्लो समयमा देशका सबै शक्तिहरु एकताबद्ध भएर मिचिएको भूमि सहित नेपालको नयाँ नक्सा जारी गरेको र संबिधानको अनुसूचि समेत संशोधन गरेकाले भूमि फिर्ता ल्याउनेमा शंका नगर्न उनले आग्रह गरे ।
नेपाल सरकारले देशको शिर कहीँ कतै झुक्न दिने गरी काम नगरेकाले नेकपाकै सरकारले देशमा राजनीतिक स्थायित्व र सम्वृद्धि हासिल गर्ने बताए ।
पार्टीको आन्तरिक बिबाद छलफल र बार्ताबाटै समाधान
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक बिबाद छलफल र बार्ताबाटै समाधान हुने मन्त्री ज्ञवालीले दाबी गरे ।
जनताले दिएको जिम्मेवारीबाट कोही पनि पछाडी हट्न नमिल्ने भन्दै पार्टी भित्र देखिएको समस्यालाई छलफलबाट समाधान गरी पार्टी एक ढिक्का भएर अगाडी बढने उनले बताए । पछिल्लो समयमा पार्टी भित्र देखिएको आन्तरिक बिबादलाई लिएर देशका केही शक्तिहरु नेकपा बिभाजन हुने भो भन्ने भ्रम फैलाएकाले हल्लाको पछी नलाग्न उनले आग्रह गरे ।
पार्टी भित्र केही असहमतिहरु पैदा भएको भन्दै त्यसलाई दुबै अध्यक्षले गम्भीरताका साथ लिएकाले केही दिन भित्रमानै समस्याको समाधान हुने उनले दाबी गरे । ठुलो त्याग र तपस्याका कारण पार्टी एकिकरण भएको भन्दै पार्टी बिभाजन नहुने र एकतालाई थप मजबुत बनाएर लैजाने गरी पार्टीभित्र छलफल भइरहेको बताए ।

SHARE