कारागारमा एक महिला कैदीको मृत्यु

0
327

साउन ३, २०७७ जनकपुर : महोत्तरीको जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु भएको छ।
जिल्ला अस्पतालमा उपचारको क्रममा शुक्रवार राति सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ की अन्दाजी ३५ वर्षीया नुर जहाँ खातुनको मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ देखि कैद सजाय भोग्दै आएकी उनको उपचारको क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए।
टाउको दुखेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। पहिलेदेखि नै टाउको दुख्दै आएको र अचानक बेहोस भएपछि अस्पताल लगेको जेलर महासेठले बताए।

SHARE