आज नेकपा सचिवालय बैठक बस्दै

0
430

साउन ३, २०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयासका लागि शनिबार सचिवालय बैठक बस्दैछ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव बढेपछि सुरु भएको शीर्ष तहको विवाद समाधानका लागि सचिवालय बैठक बस्न लागेको हो। शीर्ष नेताहरुबीचको विवादका कारण स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइतबारसम्मका लागि स्थागित भएको छ।
शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा जारी विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताइएको छ।

SHARE