नेकपा स्थायी कमिटी बैठक आज

0
335

साउन २, २०७७ काठमाडौं :  सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै छ। आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो।
आन्तरिक विवाद समाधानका लागि हिजो वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक बिना निश्कर्ष टुंगिए पछि आजको बैठक अन्योलताकाबीच सञ्चालन हुने भएको हो। छलफलमा कुनै सहमति नभए पनि आजको बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
बैठकमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन्। बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको छ।
हिजो अध्यक्षहरु ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीच विवादका विषय केन्द्रीय कमिटी बैठकमा लगेर छलफल गर्ने सहमति भएको थियो। जसअनुसार दुवै पक्षका नेताहरुले आफू पक्षधरसँग छलफल गरेका छन्।

SHARE