सिन्धुपाल्चोकमा पहिरोले घर पुर्‍यो, ५ जना बेपत्ता

0
596
फाइल फोटो

साउन १, २०७७ सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन्।
स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए। ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन्।
अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो। पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ।
घटनास्थलमा प्रहरी पुगिनसकेको र स्थानीय बासिन्दाले हराइरहेकाको खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए।

SHARE