सुनको मूल्य हालसम्मकै उच्च

0
674

असार ३१, २०७७ काठमाडौं :  नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ। आज छापावाल सुन प्रति तोला ९२ हजार ८ सय पुगेको हो।
आज एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ पनि उकालो लागेको छ।
तेजाबी सुन ९२ हजार तीनसय ६० रुपैया प्रति तोला कारोबार भइरहेको छ। त्यस्तै सुनको भाउ बढिरहेको बेला चाँदीको भाउ पनि बढेको छ चाँदी प्रति तोला एक हजार पाँच रुपैयाँमा पुगेको छ।

SHARE