विप्लव समूहका पोलिटब्युरो सदस्य पक्राउ

0
573

असार ३१, २०७७ काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता पक्राउ परेका छन्।
समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन्। कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले एक जना नेता पक्राउ परेको पुष्टि गरे तर यस बारेमा थप विवरण दिन चाहेनन्।
पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता हुन्।

SHARE