१९ जना नयाँ कोरोना संक्रमित थपिए

0
362

असार ३१, २०७७ काठमाडौं :  नवलपरासी पूर्व र चितवनमा गरी १९ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ११ र चितवनका ८ जनामा संक्रमण पुष्टि भएको हो।
नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका ९ र कावासोती नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।
चितवनका संक्रमित सबै माडी नगरपालिका १, ७ र ८ नम्बर वडाका रहेको प्रयोगशालाले जनाएको छ। दुवै जिल्लाका सबै संक्रमित क्वारेन्टाइनमै रहेका छन्।

SHARE