कालीगण्डकीमा छोरी जन्मे पाँच हजार खातामा

0
445
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

असार ३० ,२०७७ गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मे पाँचहजार रुपैयाँ खातामा अनुदान स्वरुप जम्मा गरिदिने भएको छ ।
छोरीको सुनौलो भबिष्यका लागि गाउँपालिकाले छोरी जन्मे छोरीको खतामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
अझै पनि समाजमा छोरी भन्दा छोरालाई महत्व दिने र कतिपयले गर्भमा छोरी छ भन्ने थाहा भएपछि गर्भपतन गराउने चलन भएकाले त्यसको अन्त्यका लागि यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष थापाले दाबी गरे ।
यस कार्यक्रमले छोरीको सुनौलो भबिष्य निर्माण गर्नमा सहयोग पुग्ने गाउँपालिकाले बिश्वास लिएको छ । यो कार्यक्रम आगामी आर्थिक बर्ष २०७७। ०७८ बाट लागु गरिनेछ ।

SHARE