सिंचाइ कार्यालयका प्रमुख ९ लाख घुस लिँदालिँदै पक्राउ

0
602

काठमाण्डौ :  जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले प्रमुख नारायणकाजी श्रेष्ठलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार अखितीयारको टोली काठमाण्डौबाट सिधै आएर स्टिङअप्रेसन गरी उनलाई पक्राउ गरेको हो । उनका साथबाट ९ लाख ३४ हजार सेवाग्रहीबाट लिदै गरेको अवस्थामा र स्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय आसपासमा सिल गरेर कसैलाई प्रवेश गर्न नदिइ अख्तियारको टोलीले छापामारेको थियो । अख्तियाको टोलीले उनलाई नियन्त्रणमा लिई काठमाण्डौ फर्केको प्रजिअ पौडेलले जानकारी दिए ।

SHARE