पहिरो अध्ययनका लागि भुगर्भविद्को टोली गुल्मी आउँदै

0
771
फाइल फोटो

तिलाचन पाण्डे
असार २८,२०७७ गुल्मी : गुल्मीमा पहिरोका कारण जोखिममा रहेका स्थानहरुको स्थलगत अध्ययन गर्नका लागि भुगर्भविद्को टोली गुल्मी आउने भएको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं १ , ४ र ६ नं वडाका १९४ घरपरिवार र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार बिस्थापित छन् । १८ गते आएको पहिरोका कारण जोखिममा रहेकाले त्यस क्षेत्रमा बस्न योग्य हुने वा नहुने भन्ने बारेको अध्ययनका लागि भूगर्भविद आउँने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
त्यस क्षेत्रमा बस्ती बसाउन योग्य हुने वा नहुने बारेमा अध्ययन गर्नका लागि भूगर्भविद ल्याउनका लागि गृह मन्त्रालयमा माग गरी पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
जोखिममा रहेकाहरुलाई स्थानीय बिद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
१८ गते आएको पहिरोका कारण इश्मा मल्दीका १८ महिने बालक सिजन सारु र ७ बर्षकी बालिका अपेक्षा खत्रीको मृत्यु भएको थियो भने घाइते ५ जनाको काठमाणडौको त्रिबी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिमार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो ।
यस्तै सोही दिन आएको पहिरोका कारण मुसिकोट नगरपालिका वडा २ का ५५ बर्षका भागीरथ घिमिरे बेपत्ता भएका छन् । उनी हालसम्म पनि फेला परेका छैनन् । उनको खोजी कार्यका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गत बर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाको मृत्यु भएको थियो ।

SHARE