देशभर आज ८२ जना संक्रमित थपिए

0
461

असार २८, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै, आइतबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या १४७ छ। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ५ सय ८९ छ। हालसम्म देशभर कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।

SHARE