छत्रकोट गाउँपालिकाका अध्यक्षले मनोमानी गरेको काग्रेसको आरोप , आरोपमा कुनै सत्यता नभएको अध्यक्षको दाबी

0
401
छत्रकोट गाउँपालिका कार्यालयको तस्विर :खबरमार्केट

तिलाचन पाण्डे

असार २८,२०७७ गुल्मी : छत्रकोट गाउँपालिकामा नेतृत्वले मनोमानी गरेको काँग्रेसले आरोप लगाएको छ ।
नेपाली काँग्रेस छत्रकोटले गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले योजना छनौटको बिषयमा पनि आफूखुसी गरेको र जनताको मर्मलाई नबुझेको आरोप लगाएका छन् । उनीहरुले वडाका जनप्रतिनिधिहरुलाई उपेक्षा गरी कार्यक्रमहरु एकलौटी रुपमा अगाडी बढाएको भन्दै नेपाली काग्रेस छत्रकोट गुल्मीले गाउँपालिकालाई ध्यान आर्कषण पत्र बुझाएको छ ।
गाउँसभामा समेत वडा नं १ र २ का जनप्रतिनिधिहरुले बिनियोजन बिधेयकमा केही असहमति राख्दा सहमतिको प्रयास नगरी बहुमतबाट पारित गरेको काग्रेसले आरोप लगाएको छ । यदि नेतृत्व नसुधारिए उनीहरु कडा आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् ।


यता गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले भने नेपाली काँग्रेस छत्रकोटले लगाएको आरोप झुटो भएको बताएका छन् ।
गाउँपालिकाले सर्बपक्षीय बैठक र सुझाबहरुलाई अति महत्व दिएर कार्यहरु गरेको भन्दै झुटा प्रचारहरु नर्गन समेत आग्रह गरेका छन् । यस्तै योजनाहरुमा एकलौटी गरेको भनेर लगाइएको आरोपको पनि उनले खण्डन गरेका छन् ।
योजनाहरुमा स्वयंम उपभोक्ता समिति मार्फत काम हुने भएकाले नभएका कुराहरुलाई प्रथामिकता दिएको भन्दै संचार माध्यमहरुलाई पनि सत्य र तथ्यको आधारमा समाचार संम्प्रेषण गर्न आग्रह गरे ।


आफू संग हुँदै नभएको डोजर प्रयोग गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको उनले बताएका छन । उनले गाउँपालिकाको अध्यक्षलाई जोडेर बिभिन्न भ्रम सिर्जना गर्ने कार्य भएको भन्दै भ्रमका पछाडी नलाग्न स्थानीयहरुलाई आग्रह गरेका छन् ।
उनले स्थानीय सरकार गठन भएपश्चात खानेपानी , बिद्युत ,पुर्वाधार र स्वास्थ्य शिक्षाको क्षेत्रमा उलेख्य सुधार भएको समेत दाबी गरेका छन् ।

SHARE