
असार २७, २०७७ काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर ७० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए। शनिबार मात्र कोरोनाबाट ४ सय ३१ जना मुक्त भएका छन्।






