
असार २७, २०७७ कास्की : गण्डकी प्रदेशमा शनिवार थप १४ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ। यो सँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ सय ७६ पुगेको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। बिनोदबिन्दु शर्माले ११ जना संक्रमित थपिएको पुष्टि गरेका छन्। उनका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा ५ जिल्लाका १४ जनामा सङ्क्रमण पुष्टि भएको हो। उनीहरू सबै पुरुष हुन्।
तनहुँको ब्यास नगरपालिकाका १ जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिकाका १ र अन्नपूर्ण गाउँपालिकाका १ जना गरी २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङ्जाको चापाकोट गाउँपालिकाका १ जना, वालिङ नगरपालिकाका १ जना र कालीगण्डकी गाउँपालिकाका १ जना गरी ३ जनामा पुष्टि भएको छ।
यसैगरी, बागलुङको बडीगाड गाउँपालिकाका १ जना र गलकोट नगरपालिकाका २ जना गरी ३ जना तथा कास्कीको पोखरा महानगरपालिकाका २ जनामा सङ्क्रमणको पुष्टि भएको हो।






