शुक्रबार थपिए ११८ जना संक्रमित

0
476

असार २६, २०७७ काठमाडौं :  पछिल्लो २४ घण्टामा ११८ जना संक्रमित थपिएका छन्।
देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए।
बुधबार देशभर २५५ र बिहीबार १०८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १२० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन्।

SHARE