गुल्मीका बिद्यालय भबन निर्माणमा ब्यबसयायीसंग मिलिमतो : सम्बन्धित निकाय कानमा तेल राखेर बस्दै

0
538

तिलाचन पाण्डे
असार २६,२०७७ गुल्मी :  गुल्मीमा निर्माण ब्यबसायीहरुसंगको मिलिमतोमा बिना टेन्डर सिधै बिद्याालय भवन निर्माण हुने गरेको छ ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई (शिक्षा) अन्र्तगतबाट निर्माण हुने भबनहरुमा बिना टेन्डर सीधै निर्माण ब्यबसयायीहरु मार्फत काम भइरहेका छन् ।
तथ्य र प्रमाण सहित भबन निर्माण कार्यहरु भइरहेको समाचार प्रकाशन हुँदा समेत सम्बन्धित कार्यालय कानमा तेल हालेर बसेको पाइएको छ ।
मुसिकोट नगरपालिका वडा नं ५ को दुर्गाभबन माध्यमिक बिद्यालयले ६८ लाख ५० हजारमा निर्माण हुने ४ कोठे आरसिसी भबन निर्माणका लागि सीधै निर्माण ब्यबसायी लबमणी खरेललाई भबन निर्माण गर्ने जिम्मा दिएको तथ्य सार्वजनिक भयो ।
यस्तै जापानी राजदुतावासबाट मुसिकोट नगरपालिका २ को नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक बिद्यालयलाई प्राप्त चार कोठे भबन निर्माणमा पनि कुनै प्रक्रिया पुरा नगरी सीधै निर्माण ब्यबसायीलाई जिम्मा दिएको हो ।
८५ लाख रुपैयाँमा निर्माण हुने सुबिधा सम्पन्न बिद्यालय भबन न्यू लिजा कन्ट्रक्सन प्रा लि लाई निर्माण गर्ने जिम्मा दिएको हो ।

फाइल आयो काम भएन
त्रिभुवन माध्यमिक बिधालयको भवन निर्माणको बारेमा छानबिन गर्न जिल्ला प्रशासन कार्यलय गुल्मीले फाइल मगाएको ४ महिना पुग्यो । तर अहिले सम्म केही प्रक्रिया अगाडी बढेको छैन ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कार्यालयका प्रशासकीय अधिकृत उद्धब पन्थीलाई बिस्तृत अध्यन गर्ने जिम्मा दिए । कार्यलयमा कामको चाँपले गर्दा स्थलगत रुपमा अध्ययन गर्नका लागि जान नपाएको पन्थीले बताए ।
यस्तै राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई (शिक्षा ) का प्रमुख पीताम्बर पन्थीले बिद्यालय भवन निर्माण ठेक्का दिएको भन्ने बारेमा कार्यालयले अध्ययन गरी रहेको दाबी गरे ।
कार्यलयसंग बिद्यालय भबन निर्माणमा ब्ययबस्थापन समितिले सम्झौता गरेकाले ठेक्कामा दिन नमिल्ने र यदि दिएको भए उनीहरुलाई स्पस्टीकरण सोध्ने दाबी गरे ।
बिद्यालय ब्यबस्थापन समितिलाई थप जिम्मेवारी बनाउनका लागि समिति मार्फत काम गर्ने ब्यबस्था मिलाइएपनि कार्यालयको आँखा छल्दै ठेक्का दिने गरेका छन् ।
यदि समितिले निर्माण गर्न नसकेको खण्डमा कार्यालयले नै ठेक्काको ब्यबस्था गर्न सक्ने छ ।

नियम बिपरीत गर्नेलाई कारवाही : प्रबक्ता
यता राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रबक्ता गोपालप्रसाद अर्यालले नियम बिपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको बताए ।
बिद्यालय ब्यबस्थापन समितिले निर्माण गर्ने भनी सम्झौता गरे अनुसार, बिद्यालय ब्यबस्थापन समितिले नै भबन निर्माण गर्नुपर्ने भएकाले यदि कसैले ठेक्कामा भबन निर्माण गरेको भए कानुन अनुसारको कारवाही गरेरै छाड्ने उनले दाबी गरे ।

SHARE