बिहीबार १०८ जना मात्र कोरोना संक्रमित थपिए

0
408

असार २५, २०७७ काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर १ सय आठ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए।

बुधबार देशभर २५५ जना संक्रमित थपिएका थिए। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या सात हजार ८ सय ९१ छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। बिहीबार डिस्चार्ज १ सय ३९ भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए आजसम्म ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन्।

अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन्। जसमा प्रदेश नम्बर १ मा १ सय ९६, प्रदेश नम्बर २ मा २ हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। देशभरीका क्वारेन्टिनमा बिहीबार २४ हजार ४ सय २५ जना रहेका छन्।

SHARE