३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा इन्जिनियरविरुद्ध मुद्दा

0
590

असार २३, २०७७ काठमाडौं : गैरकानुनी रुपमा ३ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा खानेपानी तथा ढल व्यवस्थापन विभागका एक सिनियर इन्जिनियरविरुद्ध अदालतमा मुद्दा परेको छ।

विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
२०६३ पुष ५ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ जेठ मसान्तसम्मको अवधिमा मात्र १ करोड ९१ लाख १६ हजार रुपैयाँ मात्र वैध रुपमा आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा उनको खर्च र लगानीबारे अनुसन्धान गर्दा ५ करोड १ लाख ४३ हजार रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।
आयभन्दा बढी खर्च गरेको ३ करोड १० लाख २७ हजार बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सोही रकम बराबरको बिगो कायम गरी सजाय र सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

SHARE