शहिद गंगालालमा भर्ना भएका बिरामीमा कोरोना

0
555

असार २३, २०७७ काठमाडौं :  शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु स्थगित गरेको छ।

अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ।
बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ। कति बिरामीमा कोरोना पुष्टि भएको बारे अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले खुलाउन चाहेनन्।

SHARE