कृषकलाई कृषि औजार मर्मत तालिम

0
523

तिलाचन पाण्डे
असार २३,२०७७ गुल्मी : गुल्मीमा किसानहरुलाई कृषि उपकरण औजारमात्र बितरण गरेर नहुने भन्दै मर्मत सम्बन्धी तालिम दिइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीले मालिका गाउँपालिका सीमलटारीमा १५ जना कृषकहरुलाई साना औजार मर्मत सम्बन्धी तालिम तालिम दिएको छ ।
किसानहरुलाई औजारमात्र बितरण गरेर नहुने भन्दै उनीहरुलाई मर्मत सम्बन्धी तालिम पनि आवश्यक रहेकाले तालिम प्रदान गरिएको परियोजनाका प्रमुख नारायण काफलेले जानकारी दिए ।


औजारहरु सामान्य रुपमा बिग्रिएपनि बुटवल लगायतका स्थानहरुबाट मर्मतका लागि बोलाउँदा खर्च बढी लाग्ने , मर्मतका लागि मान्छे आउन पनि समय लाग्ने भएकाले ग्रामीण स्तरमै तालिमको ब्यबस्था गरिएको काफलेले दाबी गरे ।
गाउँमै यसरी तालिम पाएपछि पैसा र समय दुबै बचत भएको र सीप पनि लिन पाइएको तालिममा सहभागी भेषराज पौडेलले बताए ।
तालिम पश्चात अब सामान्य कृषि औजारहरु मर्मतका लागि बुटवलबाट कसैलाई बोलाउन नपर्ने र तालिमको अबधि छोटो भएकाले लामो अबधिको तालिम संचालन गनुपर्नेमा उनले जोड दिए ।
तालिम मात्र लिएर नहुने भन्दै तालिममा सिकेको सिपलाई ब्यबहारमा नै लागु पर्न मालिका गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष टीकाबहादुर जिशीले आग्रह गरे ।


ब्यबसायीक कृषि र पशुपालन मार्फत आर्थिक स्तरमा सुधार गर्न सकिने भन्दै युवाहरुलाई ब्यबसायीक रुपमा नै काम गर्न उनले आग्रह गरे ।

यस्तै मकै जोन गुल्मीका संयोजक लोकहरी कुँवरले सिकेको सीपलाई ब्यबहारमा लागु नगरे तालिमको कुनै अर्थ नरहने बताए ।

SHARE