श्रीमतीलाई सुराकी बनाई लाखौँ कुम्लाउदै सशस्त्रका डिएसपी 

0
608

जानु पाण्डे, कपिलवस्तु
असार २२, २०७७ : सशस्त्र प्रहरीका डिएसपी मान बहादुर शाहीले श्रीमती सुराकी बनाई रकम लिने गरेको खुलासा भएको छ ।
नेपालकै मुख्य नाका मानिने सुनौलीमा रहेको सशस्त्र प्रहरी ३८ नंं गुल्म डन्डाका गुल्म प्रमुख हुँदा शाहीले पत्नीलाई सुराकी बनाई रकम आफ्नै भागमा पार्ने गरेको प्रमाण फेला परेको छ । सशस्त्र प्रहरीले चोरी पैठारी हुँदा पक्राउ परेका अधिकांश घटनामा शाहीले श्रीमतीलाई सुराकी बनाएका छन् । ती मध्ये केही लिलाम हुन बाकीं रहेका छन् ।

डिएसपी शाहीले ठुला ठुला चोरी पैठारीमा पत्नीको नाम सुराकीमा राखेको नाम नखुलाउने सर्तमा स्रोतले बताएको छ । यता भन्सार छली पक्राउ गरेको केसमा सुराकीको नाम गोप्य हुने र सार्वजनिक गर्न नमिल्ने भएकोले नक्कली सुराकी खडा गर्न सजिलो बनेको छ ।
अवैध सामाग्री पक्राउ पछि लिलाम भएको मूल्यको ३०५ रकम सुराकीको नाममा पुरस्कार स्वरूप जाने गर्दछ ।
रुपन्देहीमा गत पुसमा खसी बोका पक्राउ गर्दा शाहीले पत्नी अम्बिका कुमारी चन्दको नाम सुराकीमा राखेका थिए । चन्द कैलाली घर भई हाल काठमाण्डौमा बसोबास गर्दछिन् ।
प्राप्त प्रमाणमा शाहीले श्रीमतीको नाम राखी उक्त घटनामा २ लाख ७० हजार कुम्ल्याएका हुन । रुपन्देहीको खैरेनीबाट पुस १ गते गुल्मले ६ सय ७८ थान खसी बोका बरामद गरेको थियो ।
सशस्त्र प्रहरी निरीक्षक विजय थापाको कमान्डमा गएको टोलीले खसी बोका बरामद गरेको थियो ।
ती खसी बोका कपिलवस्तुको बिजयनगर गाउँपालिकाको सीमा हुँदै नेपाल भित्रिएको थियो । सशस्त्र प्रहरीको प्रदेश नं। ५ मुख्यालय चन्द्रौटा क्षेत्र हुँदै तस्करले ट्रकमा ढुवानी गरी खसी बोका काठमाडौँ लैजान लागेका थिए ।
बरामद भएको खसीबोकालाई वेलहिया भन्सार कार्यालयले लिलाम गरेको थियो । डिएसपी शाही ईन्सपेन्टर विजय थापा र केशवराज भट्टराई सहित २३ जनाले जनही २२ हजार ५ सयका दरले पुरस्कार स्वरूप रकम पाएका थिए । डिएसपी शाही सुराकीमा पत्नीको नाम राखी लिलाम भएको रकमको ३०५ रकम आफ्नै पोल्टामा पारेका थिए ।
शाहीले पत्नी चन्दलाई सुराकी राखेको थप ६ प्रमाण समेत फेला परेका छन् । २०७६ माघ २८ गते मोटर पार्टसहरुको सामाग्रीमा ८ हजार ७ सय १९ रुपैयाँ, माघ २० गते पलास्टीक प्लेट पक्राउ गर्दा ७ हजार ८ सय ७५ रुपैया सुराकी बापत प्राप्त गरेका छन् ।
यसै गरी फाल्गुन ११ गते ७ हजार ५ सय ७५, चैत्र १६ गते ५ हजार ६ सय ८१ रुपैया, कार्त्तिक २१ गते ४ हजार ८ सय ९४ रुपैया सुराकी लाई पुरस्कार स्वरूप प्रदान गरिएको छ । यी सबै घटनामा डी एस पी शाहीकी श्रीमती अम्बिका कुमारी चन्दलाई सुराकी बनाइएको छ ।
पक्राउ पछि लिलाम नभएका अझै केही मुद्धामा समेत शाहीले पत्नी सुराकी बनाएका छन् । ३८ नं गुल्मले पक्राउ गरेको बस र एउटा कार समेत लिलाम हुन वाँकी रहेको छ ।

SHARE