बझाङको केदारस्युँमा पहिरोले बस्ती नै बगायो

0
402
फाइल फोटो

असार २०, २०७७ काठमाडौं  :  बझाङको केदास्युँ गाउँपालिका(८, मल्लेसीमा गएराती चलेको पहिरोले बस्ती नै बगाएको छ। ७ जना बेपत्ता भएका छन्‌।
​पहिरोले १७ घर पुरेको र क्षतिको एकीन विवरण आइनसकेको गाउँपालिका स्रोतले जानकारी दिएको छ। उद्धारका लागि प्रहरीलाई मल्लेसीतर्फ पठाइएको बझाङ प्रहरीले बताएको छ।
अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेको र पहिरोले बाटो पनि बगाएको स्थानीयले जानकारी दिएका छन्। सिंगो बस्ती नै पहिरोको चपेटामा परेको र करिब तीन दर्जन घरहरू रहेको बस्तीमा पहिरो चलेको बताइएको छ।
पहिरो गएको स्थानमा पुग्न जयपृथ्वी राजमार्गबाट झण्डै पाँच घन्टा उकालो चढ्नुपर्छ।

SHARE