असार १९, २०७७ काठमाडौं : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका १९ जना , तनुहँका ९ जना, पर्वतका ३ ना र बागलुङका १ जना रहेका छन्।