कोरोना संक्रमित ४५ दिने शिशुको उपचारको क्रममा मृत्यु

0
477

असार १८, २०७७ काठमाडौं  :  कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको हो।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो।
बुधबार बेलुकी अस्पतालमा नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिए ।

SHARE