कतारबाट आएकी गर्भवती महिला पनि संक्रमित

0
272

असार १८, २०७७ काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवनमा थप दुई जना, तनहुँका तीन जना पर्वत र स्याङ्जाका २,२ र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको हो।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राति कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कालिका नगरपालिका ७ कि २७ वर्षीया एक महिला र कालिका १ का ३६ वर्षका एक पुरुष रहेका छन्। ती महिला गर्भवती हुन्। उनी कतारबाट आइ जुटपानी बजारको बिद्यालयको क्वारेन्टाइनमा बसि रहेकी थिइन्। संक्रमित पुरुष भारतबाट आइ क्वारेन्टाइनमा बसिरहेका छन।
बुधबार मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन्। योसँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ। बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो।
यसै गरी गण्डकी प्रदेशमा थप आठ जनामा स‌ंक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार तनहुँका तीन जना पर्वत र स्याङ्जाका २र२ र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०१४ पुगेको छ ्र

SHARE