गण्डकी प्रदेशमा थपिए २८ संक्रमित

0
265

असार १७,२०७७ कास्की : गण्डकी प्रदेशमा बुधवार २८ जनामा संक्रमित पुष्टि भएको छ । यो सगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ६ जिल्लामा २८ जनामा बुधवार बिहान कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि भएका नवलपुरमा १२ जना १० पुरुष र २ जना महिला, गोर्खामा ३ जना १ महिला २ पुरुष ,कास्कीमा १ पुरुष स्याङजामा ८ जना ३ महिला ५ पुरुष बाग्लुङमा ३ जना महिला र तनहुँमा १ जना महिलामा कोरोना पुष्टि भएको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

SHARE